Logo
Logo

गृहमा रबिलाई अघि सारेर ओलीमाथि प्रचण्डको दबाव


8.3k
Shares

काठमाडौं । नयाँ गठबन्धन बनेको २४ घण्टा नपुग्दै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबी ‘टसल’ सुरु भएको छ । बाँकी अवधीको आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सम्झौता गरेका प्रचण्ड–ओलीबीच मन्त्रालय बाडफाँटको बिषयले सुरुमै मनमुटाब सुरु भएको हो ।

सत्ता गठबन्धनमा आवद्ध चार दलबीच राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति भएको छ । मन्त्रालय बाडफाँटका लागि भने ‘बिशेषताका आधारमा वर्गिकरण गरि मिलाउने’ सहमतिमा उल्लेख छ । तर प्रधानमन्त्री प्रचण्ड एमालेलाई गृह र अर्थमन्त्रालय दुबै नदिने रणनीतिमा देखिन्छन् ।

उनले रास्वपा सभापति रबि लामिछानेलाई गृह मन्त्रालय दिने आस देखाएको स्रोत बताउँछन । रास्वपाले पनि गृह मन्त्रालयलाई बटमलाइन बनाएको छ । उता, अर्थमा भने माओवादीका बर्षमान पुनले अडान लिएका छन् । प्रचण्डले पनि अघिल्लो गठबन्धन सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतका कारण काँग्रेससँगको सहकार्य टुटेको भाष्य स्थापित गरिसकेका छन् । अर्थात प्रधानमन्त्री र अर्थमन्त्रीको बीचमा कुरा नमिल्दा अघिल्लो गठबन्धन टुटेकाले अब त्यस्तो गल्ति नदोहोर्याउन माओवादीले नै अर्थमन्त्री लिनुपर्ने प्रचण्डको अडान छ ।

तर यता एमाले भने राष्ट्रिय सभाको अध्यक्ष पनि माओवादीलाई दिएको, गृह मन्त्रालय रबिले नछाड्ने वातावरण बनेपछि अर्थमन्त्रालय जसरी पनि लिनुपर्ने अडानमा छ । तर, प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्रीमा भने आफ्ना विश्वास पात्र बर्षमान पुनलाई अघि सारेर रणनीतिक रुपमा गृह मन्त्रालयमा एमाले र रास्वपालाई भिडाईदिएका छन् ।

एक नेताका अनुसार प्रचण्ड ओलीलाई दबावमा राख्न चाहान्छन् । ती नेताले भने, ‘नेकपा कालमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले अख्तियार गरेको राणनीति अहिले प्रधानमन्त्री प्रचण्डले पनि सिको गर्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्