Logo
Logo

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै



काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी–२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।

यस सिरिजमा नेदरल्यान्ड्सले ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेल्न लागेकाे हो भने नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।

नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो । नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । लत्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो ।

पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो । नेपाल र नेदरल्यान्ड्सबीच ११ टी–२० आई खेल भएका छन् ।

जसमा नेपाल समान ५ खेलमा जित र हार व्यहोरेको छ । एक खेल नतिजाविहीन छ । टीयुमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच टी–२० आई खेल भएका छन् । जसमा नेपाल ३ खेलमा विजयी भएको छ । आजको खेलबाट नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्