Logo
Logo

सरकारमा सहभागी हुन लोसपालाई प्रधानमन्त्रीको आग्रह


693
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

मंगलबार बिहान बालुवाटार पुगेका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता गठबन्धन र सरकारमा सामेल हुन आग्रह गरेका हुन् ।

त्यसपछि ठाकुरले प्रधानमन्त्रीलाई पार्टीमा छलफल गरेर जवाफ दिने बताएको लोसपाका महामन्त्री डा. सुरेन्द्र झाले जानकारी दिए । सत्ता गठबन्धन भर्खरै फेरिएकाले लोसपाले पार्टीमा छलफल गरेर परिपक्व निर्णय लिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्