Logo
Logo

बारा विस्फोट अपडेट : थप दुई जना पक्राउ


1.6k
Shares

काठमाडौं । बाराको निजगढ नगरपालिका–७ स्थित एक ग्यारेजमा एक साता अगाडि भएको विस्फोट घटनामा संलग्न रहेको आंशकामा प्रहरीले धनुषाबाट दुईजनालाई पक्राउ गरेको छ । 

प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका २ स्थित न्यु शिव स्क्र्यापका संचालक सर्लाही चक्रघट्टा गाउँपालिका १ निवासी वर्षीय ४१ शिवशंकर साह र कवाडी सङ्कलन सर्लाही ईश्वरपुर नगरपालिका– ७ निवासि ४६ वर्षीय बिल्टु महत्वलाई पक्राउ गरेको हो ।

यो संगै पक्राउ पर्नेको सख्या पाँच पुगेको छ । प्रहरीले रमेश जैसवाल, बासु तामाङ्ग र टिकाराम पाख्रिनलाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

ग्यारेजमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको थियो भने तीनजना घाइते छन् । निजगढ नगरपालिका– ९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ ।

जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए । लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस्