Logo
Logo

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य


252
Shares

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिनएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।

नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै बाहिरिए । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए ।

त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए ।

यता गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्