Logo
Logo

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता


1.2k
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रमा नेकपा माओवादी केन्द्रले एमाले, रास्वपा र जसपासँग गठबन्धन गरेपछि कर्णाली सरकारको ८ सदस्यीय मन्त्रीपरिषदबाट कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

कांग्रेसबाट अर्थ मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

आज पत्रकार सम्मेलन गर्दै उनीहरुले राजीनामासँगै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिए । कर्णाली प्रदेश सभामा कांग्रेसका १४ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्