Logo
Logo

नेपाल स्काउटको ’शैक्षिक पद्धती’ आयुक्तमा सन्तोष कुमार थापा



काठमाडौं । नेपाल स्काउटको शैक्षिक पद्धती आयुक्तमा सन्तोष कुमार थापा निर्वाचित भएका छन् । युवा तथा खेलकुद मन्त्रि डिक बहादुर लिम्बुको अध्यक्षतामा नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा राष्ट्रिय परिषदको बैठक बसेको थियो । युवा तथा खेलकुद मन्त्रि नेपाल स्काउटको राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था छ ।

१२ वर्षको अन्तरल पछि भएको निर्वाचन संगै नेपाल स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै अनुशासित तथा देशभक्त समाज निर्माणका लागि अग्रणी भूमिका खेल्ने उनको भनाइ छ ।

नेपाल स्काउटको , प्रमुख आयुक्तमा महेन्द्रराज रञ्जित सह–प्रमुख आयुक्तमा किरण गिरी, इन्दु तिवारी सुवेदी र अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । भने राष्ट्रिय कार्यकारी समिति सदस्यमा आयुक्त शिवराम अर्याल लगायत १५ जनाको केन्द्रीय समिति गठन भएको छ ।

यो संगै गत माग २७ गते भएको राष्ट्रिय परिषद र प्रदेश परिषद्को निर्वाचनले पूर्णता पाएको छ भने नेपाल स्काउटले निकास पाएको बताइएको छ । नेपाल स्काउट युवाहरु को शैक्षिक संस्था हो ।

स्काउट आन्दोलन विश्वव्यापी युवा सामाजिक आन्दोलन हो जसले स्काउट विधि, अनौपचारिक शिक्षाको कार्यक्रम, जसमा प्रायः बाहिरी गतिविधिहरु, सहसिक पर्यटन, वनस्पति विज्ञान, जलजीवन, हाइकिङ, क्यम्पिंग, र खेलकुद समावेश छन् ।

नेपाल स्काउट १९५२ मा नेपालमा स्थापित भएको हो र यसले १९६९ मा विश्व स्काउट आन्दोलनको सदस्यता प्राप्त गरेको थियो । यसले विश्व गर्ल गाइड र गर्ल स्काउट संघको सदस्यता पनि १९८४ मा प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्