
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन कोटेश्वर पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीे माधव नेपाल निवास कोटेश्वर पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका छन् ।
तर नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर लागेपछि एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भने सोमबार पनि अध्यक्ष नेपालको निवासमै पुगेर छलफल गरेका थिए ।














