Logo
Logo

उपप्रधानमन्त्री इश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ७ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीट्जरल्याण्ड भ्रमण अवधिभर उहाँको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहकको जिम्मेवारी तोकिएको छ ।

स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड जानु अघि कार्यवहाकको जिम्मेवारी पोखरेललाई दिएको हो ।

संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्