Logo
Logo

साफ यू-१६ महिला च्याम्पियनसिपः भारतसँग १०-० ले पराजित हुँदै बाहिरियो नेपाल



काठमाडौं । नेपाल राजधानीमा जारी साफ यू-१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले नेपाललाई १०-० गोलअन्तरले पराजित गरेको हो । भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले यसअघि पहिलो खेलमा भुटानलाई ७-० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग ३-१ गोलअन्तरको हार बेहोरेको थियो ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग नेपाल २-० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने नेपालले भुटानसँग ३–० गोलअन्तरले विजयी भएको थियो ।

नेपालविरुद्धको आजको खेलमा भारतले पहिलो हाफमा ६ गोल गरेको थियो । दोस्रो हाफमा भारतले थप चार गोल गर्यो । भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले दुई दुई गोल गरेका थिए । यस्तै अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले एक एक गोल गरे । नेपाली खेलाडीले एउटा आत्मघाती गोल गरेका थिए ।

प्रतियोगिताको उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा शुक्रबार भुटान र बङ्गलादेशबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्