Logo
Logo

डा. केसीको सबै माग पूरा भइसके – स्वास्थ्य राज्यमन्त्री यादव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा. गोविन्द केसीको सबै माग पूरा भइसकेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा आईतवार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले “काठमाडौँमा मेडिकल कलेज खोल्न नदिने डा केसीको माग सम्बोधन भइसकेको छ । अब नयाँ मेडिकल कलेज काठमाडौँमा खोलिने छैन । यसबाट मनमोहन अधिकारी मेडिकल कलेज पनि प्रभावित भएको छ ।”

नयाँ मेडिकल कलेज खोल्न सम्बन्धन प्राप्त हुन नसकेकाले नेपाली विद्यार्थी चिकित्सा शिक्षा पढ्न विदेश जान बाध्य भएको र त्यहाँका कालोसूचीमा परेका कलेजबाट ठगिने गरेको मन्त्री यादवले बताए । हाल नेपालबाट चिकित्सा शिक्षा पढ्न ५८८ विद्यार्थी विदेश गएका छन् । उनीहरुबाट प्रतिव्यक्ति रु २० लाखका दरले रकम बाहिरिएको राज्यमन्त्री यादवको भनाइ थियो ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्