Logo
Logo

एसपीमा बढुवाको तयारी



काठमाडौं । प्रहरीमा रोकिएको डिएसपीको सरुवा–बढुवाको तयारी थालिएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले नयाँ गृहमन्त्रीसँग ६ महिनादेखि रोकिएको डिएसपीको बढुवा र सरुवा गर्ने विषयमा छलफल गरेका छन् । दुई दिनयता उनीहरूबीच सरुवा बढुवा खुलाउने विषयमा लगातार छलफल भएको थियो ।

आइतबार र विहीबार प्रहरी महानिरीक्षकको ब्रिफिङपछि केही दिनभित्रै सरुवा–बढुवा गर्न अनुमति पाइसकेका छन् । प्रहरीमा महिनौंदेखि एसपीका आठ पद रिक्त छन् । जसमा १४ जना प्रतिस्पर्धी हुँदा नेताका पिएसओलाई बढुवा गर्ने विवादले निर्णय हुन सकेको थिएन । तत्कालिन गृहमन्त्रीले प्रचण्डका पिएसओलाई बढुवा गर्न खोज्दा रोकिएको थियो । जसले गर्दा अन्य आकांक्षीहरुमाथि अन्याय भएको छ ।

त्यस्तै, माघ महिनामै हुनुपर्ने डिएसपीको सरुवा पनि हुन सकेको छैन । सरुवा र बढुवा दुवै आगामी साता हुने सम्भावना रहेको एक अधिकारीले बताए । सरुवा–बढुवामा पटक्कै हस्तक्षेप नगर्ने उनले घोषणा गरेका छन् । सरुवा–बढुवा कत्तिको निष्पक्ष हुन्छ, त्यसले लामिछानेको परीक्षण गर्नेछ ।

साउनमा एसपीहरू दानबहादुर मल्ल र वामदेव गौतम अवकाश पाएपछि दुई पद रिक्त भएको थियो । त्यस्तै गत कात्तिक २४ गते पाँच जान एसपीहरू बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई एसएसपीमा बढुवा गरेपछि पनि पद रिक्त भएको छ ।

त्यस्तै एसपी रमेश बस्नेतको गत माघ ७ गते एसएसपीमा बढुवा भएसँगै जम्मा रिक्त पद संख्या ८ पुगेको हो ।

नेपाल प्रहरी ऐन तथा प्रहरी नियमावलीअनुसार एसपीको पद रिक्त भएको तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । ८ एसपी बन्न १२ डीएसपी प्रतिस्पर्धामा छन् । एसपीको प्रतिस्पर्धामा रहेकाहरू ०६१ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेकाहरू छन् । उनीहरू ०७२ साउन १ गते डीएसपी बनेका थिए । यो ब्याचकाहरूको तीन चरणमा बढुवा भएर एसपी बन्नेछन ।

१२ डीएसपीमध्येबाट आठ जना एसपीमा बढुवा हुनेछन् भने थप चारजना छुट्ने छन् । आठ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट छन ।

यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको मुख्य प्रतिस्पर्धी हुन् ।

प्रहरी प्रधान कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्ने तयारी गरेको भएपनि नारायणकाजी श्रेष्ठले रोक्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्