Logo
Logo

स्वास्थ्यमा ३ अर्ब बढीको खरिद, सेटिङमा अर्बौ कमिसनको चक्कर



काठमाडौ । स्वास्थ्य सेवा विभागले अगाडि बढाएको ३ अर्ब बढीको स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा करोडौं चलखेल भएको आशंका गरिएको छ । विभाग स्रोतका अनुसार २१ फागुनसम्म ३ अर्ब १७ करोड रुपैयाँको खरिद प्रक्रिया अगाडि बढाइएको छ । जुन खरिद प्रक्रिया अधिकांश स्पेशिफिसकेन लक्ड भएका कारण करोडौं रुपैयाँको आर्थिक चलखेल गरिएको छ ।

विभाग स्रोतकाअनुसार १ अर्ब ६६ करोड ८० लाख रुपैयाँ बराबरको बोलपत्र समेत विभागको व्यवस्थापन महाशाखाले स्वीकृत गरिसकेको छ । जसमध्ये ३० करोड रुपैयाँको २ सय वटा अल्ट्रासाउण्ड किन्नका लागि म्याक्स मेडिटेकको २९ करोड ९६ लाख रुपैयाँ अर्को १० करोड रुपैयाँको नाइटिक अक्साइड मेसिन म्याक्सिम इनकर्पोरेटलाई ९ करोड ९६ हजार रुपैयाँमा ठेक्का स्वीकृत गर्न लागिएको छ । म्याक्सिमलाई नै ४ वटा एक्स्ट्रा कर्पोरियल मेब्रेन अक्सिजेनेसन मेसिन ९ करोड ४० लाख रुपैयाँमा ठेक्का दिने निश्चितप्रायः भइसकेको छ ।

जीएच मेडिहेल्थ कन्सर्नलाई कोल्पोस्कोप र थर्मोक्वागुलेसन मेसिन १४ करोड ८० लाख रुपैयाँ र टेष्ट एनालाइजर ५ करोड ५५ लाख ८० हजार रुपैयाँमा ठेक्का दिन लागिएको छ । जीएच मेडिहेल्थ कन्सर्नका संचालक मुकुन्द गौतम हुन् । ल्याबलाइन ट्रेडर्सलाई २ करोड ६५ लाख ३२ हजारमा पाँच प्रकारका प्रयोगशाला मेसिन खरिदको ठेक्का स्वीकृत गरिएको छ । कृष्ण इन्टरनेशनललाई ७ करोड ८० लाख रुपैयाँको बेड खरिदमा ७ करोड ५० लाख रुपैयाँमा ठेक्का स्वीकृत भएको छ ।

ल्याबलाइन ट्रेडर्सलाई २ करोड ५० लाख रुपैयाँमा ह्वीलचेयर खरिदको ठेक्का दिइएको छ । खरिद प्रक्रियाका खेलाडी भनेर चिनिने व्यवस्थापन महाशाखाका खरिद एकाई प्रमुख डा. सुरेन्द्र चौरासियाकै सहजीकरणमा रेभाची इन्टरनेशनलाई १२ करोड ८० लाख रुपैयाँको थेराप्युटिक फुड खरिद १० करोड ९३ लाख २० हजार ८४० रुपैयाँमा ठेक्का स्वीकृत गरिएको छ । विभागले थप १३ वटा खरिदका लागि बोलपत्रहरु प्रकाशित गरिसकेको छ ।

लक्ड गरेर प्रकाशित गरेका बोलपत्रहरु निश्चित कम्पनीलाई पर्ने गरी स्पेसिफिकेसन तयार गरिएको व्यवसायीहरु बताउँछन् । २५ करोडमा खरिद गर्न लागिएको एक्स—रे मेसिनमा १० करोड हाराहारीमा कमिसन राखेर खरिद गर्ने तयारी छ । सो सामाग्री स्पेशिफिकेसन सिन्धु सर्जिकललाई मिल्ने गरी लक्ड गरिएको छ । त्यसैगरी, ८ करोड ८० लाख रुपैयाँ बराबरको ल्याब उपकरणमा शशी श्रीवास्तवको पर्सा सर्जिकललाई पर्ने गरी स्पेसिफिकेसन तयार गरिएको छ । ६ करोड ८० लाख रुपैयाँको इण्डोस्कोपिक अल्ट्रासाउण्ड उमेश शर्माको नेशनल इलेक्ट्रोनिक्सनलाई दिने तयारी छ । ७ करोड ६० लाख रुपैयाँको ईएनटी सामाग्री अमर श्रेष्ठको एचएमटी कम्पनीका लागि लक्ड स्पेशिफिकेसन तयार पारिएको विभाग स्रोत बताउँछ ।

विभाग स्रोतबाट प्राप्त तथ्यांकअनुसार १ अर्ब २९ करोड ८७ लाख रुपैयाँ बराबरको यो खरिदका लागि अधिकांश बोलपत्र लक्ड छन् । लक्ड गरेर प्रकाशित गरेका बोलपत्रहरु निश्चित कम्पनीलाई पर्ने गरी स्पेसिफिकेसन तयार गरिएको व्यवसायीहरु बताउँछन् । २५ करोडमा खरिद गर्न लागिएको एक्स—रे मेसिनमा १० करोड हाराहारीमा कमिसन राखेर खरिद गर्ने तयारी छ ।

सो सामाग्री स्पेशिफिकेसन सिन्धु सर्जिकललाई मिल्ने गरी लक्ड गरिएको छ । त्यसैगरी, ८ करोड ८० लाख रुपैयाँ बराबरको ल्याब उपकरणमा शशी श्रीवास्तवको पर्सा सर्जिकललाई पर्ने गरी स्पेसिफिकेसन तयार गरिएको छ ।

६ करोड ८० लाख रुपैयाँको इण्डोस्कोपिक अल्ट्रासाउण्ड उमेश शर्माको नेशनल इलेक्ट्रोनिक्सनलाई दिने तयारी छ । ७ करोड ६० लाख रुपैयाँको ईएनटी सामाग्री अमर श्रेष्ठको एचएमटी कम्पनीका लागि लक्ड स्पेशिफिकेसन तयार पारिएको विभाग स्रोत बताउँछ । १० करोड रुपैयाँको सीआर्म मेसिन विमल उप्रेतीको म्याक्स मेडिटेक, ४ करोड ८० लाख रुपैयाँको परिवार नियोजन साधन र ४ करोड ५० लाख रुपैयाँको एआरभी एण्ड आरआईजी सिपी सुवेदीको एक्सेल फर्मालाई दिने योजना छ ।

१३ थान हेमाटोलोजी एनालाइजर र रिएजेन्ट गरी ८ करोड ८० लाख रुपैयाँको क्लोज स्पेसिफिकेसनमा र हेमाटोलोजी एनालाइजर ९ करोड २० लाख रुपैयाँमा म्याक्सिम इन्टरप्राइजेजलाई दिने योजनाअनुसार काम अन्तिम चरणमा छ । वीर अस्पतालका कोभिड—१९ खरिदमा विवादित बनेका भुसालकै कम्पनीलाई १२ करोड रुपैयाँको म्यामोग्राफी मेसिन, १२ करोड ८० लाख रुपैयाँ मोनिटर, एनेस्थेसिया र ओटी इक्वीपमेन्ट खरिदको ठेक्का दिने तयारी छ ।

३ करोड रुपैयाँको डेन्टल इक्वीपमेन्टका खरिदका लागि उमेश अग्रवालको नेशनल इलेक्ट्रोटेकलाई ठेक्का दिने तयारी छ भने २५ करोड २० लाख रुपैयाँको एबोर्ट कम्पनीको बायोकेमेष्ट्री एनालाइजर मेसिन ल्याउने गरी लक्ड स्पेश बनाएर यी सबै खरिद प्रक्रियामा विभागका खरिद शाखा प्रमुख चौरासियाले संयोजन गरिरहेका छन् । यसमा महानिर्देशक संगिता मिश्र र सचिव रोसन पोखरेलको पुरै संगलता रहेको स्रोतको दाबी छ ।

यी खरिद प्रक्रियामा औसतमा २० देखि ३० प्रतिशतसम्म कमिसनको चलखेल भएको विभाग स्रोतको दाबी छ । खरिद शाखामा प्रमुख डा. चौरासियाले अहिलेसम्म ११-१२ खरिदका ठेक्का टुंगिएको बताए । नेपाल सरकारले विश्व बैंकबाट कोभिड सामाग्री खरिदका लागि २ अर्ब ४२ करोड ऋण लिएको छ ।

सोही ऋणबाट स्थानीय तहमा बन्दैं गरेका आधारभूत अस्पतालका लागि भन्दैं सामाग्री खरिद प्रक्रिया अगाडि बढाइएको हो । २ अर्ब ४२ करोड रुपैयाँ विश्व बैंक ऋणसँगै नेपाल सरकारको नियमित खरिद ८३ करोड रुपैयाँसमेत गरेर स्वास्थ्यको यो खरिद झण्डै ३ अर्ब २५ करोड बढीको छ ।

मोहन बस्नेत स्वास्थ्यमन्त्री भएसँगै उनले अनावश्यक खरिद प्रक्रिया अगाडि नबढाउने सार्वजनिक प्रतिवद्धता जनाएका थिए ।

डा. थापा व्यवस्थापनमा गएसँगै थप १ अर्ब ३० करोड बोलपत्र स्वीकृत भइसकेको छ । यस्तै, १ अर्ब २९ करोड ८७ लाख रुपैयाँ बराबरको सामाग्री खरिदका लागि स्पेशिफिकेसन लक्ड भइसकेको छ । यसअघि ३ अर्ब २५ करोड रुपैयाँ बढी खरिद प्रक्रियामा करोडौको चलखेल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्