Logo
Logo

भिजिट भिसामा सेटिङ गर्ने कर्मचारी १ लाख धरौटीमा रिहा



काठमाडौं । नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाउन सहयोग गरेर फरार अधिकृत विमल पौडेललगायतका कर्मचारीहरू जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् । उनीहरू केहीदिनअघि काठमाडौं जिल्लामा सुटुक्क हाजिर भएर १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।

त्यसमध्येका पौडेलको खाताका करिब २ अर्ब रुपैयाँको ट्रान्जेक्सन देखिएकाले उनलाई सम्पत्ति शुद्धिकरण विभागले पनि अनुसन्धान गरिरहेको छ । ‘पौडेलको खातामा करिब २ अर्बको ट्रान्जेक्सन देखिन्छ’, स्रोतले भन्यो ।

तत्कालीन सचिव महेश्वर न्यौपानेको पालामा अख्तियारदेखि गृह मन्त्रालयसम्म सहकार्य गरेका पौडेल तथा अन्य कर्मचारीलाई प्रहरीले फरार बनाएर मुद्धा दायर गरेको थियो । ‘अख्तियारदेखि गृह मन्त्रालयको सचिव रहेका महेश्वरका सहयोगी पौडेल प्रहरीको फरार सूचीमा थिए, उनी धरौटीमा रिहा भएका छन्’, अदालतल स्रोतले भन्यो ।

गृह मन्त्रालयका कर्मचारी समेत रहेका पौडेलविरुद्ध नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन अध्यागमन अधिकृतको हैसियतमा उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भएको हो । मुद्दा दायर हुने भएपछि पौडेल कागजी रुपमा फरार भएका थिए । उनै पौडेल हालै काठमाडौं जिल्ला अदालतमा सुटुक्क हाजिर भएर १ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । अहिले उनी गृह मन्त्रालय हाजिर भइसकेका छन् । पौडेल गृहसचिव महेश्वर न्यौपानेको पिए थिए ।

जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । अहिले उनी गृह मन्त्रालय हाजिर भइसकेका छन् । पौडेल गृहसचिव महेश्वर न्यौपानेको पिए थिए । गृहसचिवको सचिवालयमा बसेका पौडेलले कोरोनाकालमा उक्त बैंकका सञ्चालकहरुलाई गाडी छुटाउन कही नरोकिने गरी पास उपलब्ध गराएको चर्चा अझै सेलाएको छैन ।

अख्तियार र गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा सचिवको सचिवालयमा बसेका पौडेल किर्ते अपराधमा मुछिएका हुन । अख्तियारमा बसेका पौडेलमाथि सरकारवादी मुद्दा लागेकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत सम्पत्ति छानबिन गर्न जरूरी छ । उनीसँगै फरार भएका शैलेन्द्र ढकाल ताराबहादुर कुँवर, विष्णु अर्याल, कुशल बराल, सुजन फागो विकाश डङ्गोल र पीताम्बर रिमाल पनि जिल्ला अदालतमा सुटुक्क हाजिर भएर त्यसै दिन धरौटीमा रिहा भएका छन् ।

अर्याल तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको सचिवालयमा थिए भने डंगोल सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनबाट अध्यागमन पुगेका अधिकृत हुन् । धरौटीमा रिहा भएकाहरु अहिले गृहमन्त्रालयको बरण्डामा काजमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्