Logo
Logo

नियमित मर्मतसम्भारका लागि मनकामना केबलकार भोलि (चैत ७) गते बन्द हुने



काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । यही चैत ७ गते बुधबार एक दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने जनाएको छ । केबलकारको नियमित सेवा २०८० चैत ८ गते बिहीबारदेखि पुनः सञ्चालनमा आउने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्