Logo
Logo

प्रभु महालक्ष्मी लाइफको एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म चलेको कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईँले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हो, तपाईँहरुको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ भन्नुभयो ।

एमडिआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैँमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी वर्षहरुमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । अन्तराष्ट्रिय फोरम एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण हो । त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरुको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ, नायब प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताउनु भयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोनबहादुर मगरले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताउनुभयो । यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो । सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुनेछ, यो उर्जाको आगामी वर्षमा परिणाम आउने विश्वास उहाँले व्यक्त गर्नुभयो । मोटिभेसनल स्पिकर रमण भट्टराईको टे«निङ सेसनले कार्यक्रमको रौनक थपिएको थियो ।

उक्त कार्यक्रममा आउँदै गरेको फागु पूर्णिमा (होली) को शुभकामना आदान प्रदान गरी रंगहरुका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो । औपचारिक कार्यक्रमका साथ विभिन्न अतिरिक्त क्रियाकलाहरुले कार्यक्रमको माहोललाई उल्लासमय बनाएको थियो । सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले सहभागीहरुलाई कार्यक्रम सफल बनाउन साथ, सहयोग दिनुभएकामा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्