Logo
Logo

रुसी सेनामा मारिएका थप नेपालीको शव पहिचान गर्न आफन्तको डीएनए संकलन


315
Shares

काठमाडौं । रुसी सेनामा भर्ती भएर मारिएका थप नेपालीको शव पहिचानको लागि उनीहरूका पारिवारिक सदस्यको ‘डीएनए’ नमुना संकलन गरिएको छ ।

टिचिङ अस्पताल पुगेर खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तले ‘डीएनए’ परीक्षणका लागि नमुना सङ्कलन गरेका हुन् ।

रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशङ्कामा रुसले शव पहिचानका लागि ‘जेनेटिक टेस्ट’ गर्न उनीहरूका निकटस्थ पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन नेपाल सरकारलाई आग्रह गरेको थियो ।

रुसको आग्रहपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले उनीहरुका आफन्तको ‘डीएनए’ नमुना संकलन गराएको हो ।

प्रतिक्रिया दिनुहोस्