Logo
Logo

आईपीएल आजदेखि, उद्घाटन खेलमा चेन्नई र बैङ्लोर भिड्दै


441
Shares

काठमाडौं । आजदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७ औँ संस्करण सुरु हुँदैछ । उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंङ्गलोर भिड्दैछन् ।

उद्घाटन खेलअघि चेन्नईस्थित चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन समारोहको आयोजना गरिंदैछ । उद्घाटन समारोहमा प्रस्तुतीका लागि बलिउडका चर्चित कलाकारलाई बोलाइएको छ ।

यो संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादको सहभागिता रहने छ । १० टोली सहभागि हुने प्रतियोगितामा ७४ वटा खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्