Logo
Logo

ब्राजिलका पूर्वफुटबलर पक्राउ



एजेन्सी । ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो ।

दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि ब्राजिलमा उनको सजाय काट्नका लागि अदालतमा अनुरोध गरिएको थियो ।

तर बुधबार ब्राजिलको एक अदालतले ९ वर्षको सजायलाइ कायम राख्दै घरमै नजरबन्दको सट्टा जेलमा पठाउने आदेश दिएपछि ४० वर्षीय रोबिन्होलाई उनको गृहनगर सान्तोसस्थित फ्ल्याटबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्