Logo
Logo

माछापुच्छ्रे बैंकद्धारा सुदूरपश्चिमको शैलेश्वरी उच्च माविमा आठ शौचालय निर्माण



काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी नपा–६ बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

यही फागुन ८ गते बिहीबार औपचारिक कार्यक्रमका बीच बैंकले निर्माण गरेका आठवटा शौचालय विद्यालय व्यवस्थापन समिति एवं विद्यालय प्रशासनलाई हस्तातरण गरिएको हो । उक्त शौचालय हस्तान्तरण कार्यक्रमा प्रमुख अतिथि गोदावरी नपा–६ का वडाध्यक्ष जहरु साउदले बैंकले सरकारी स्कुललाई सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि अन्य संघसंस्थाले स्थानिय निकायसँग मिलेर यस्तै काम गर्दै गए देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हँुदै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपश्चात शैलेश्वरी उच्च माविको अवस्था अवलोकन गरी पूर्वाधार निर्माण गरेको जानकारी दिए । उनले भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । विद्यालय व्यवस्थपन समितिका अध्यक्ष खगराज पाठकले बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय सञ्चालनका लागि उत्प्रेरणा मिल्ने बताए ।

विद्यालयमा एक हजार ८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत छन् । विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निकै खराब रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गरी बैंकले ८वटा शौचालय तथा सेफ्टीट्याङ्की निर्माण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्