Logo
Logo

बजार समर्थक सुधारमार्फत आर्थिक वृद्धि गर्न चीनलाई आइएमएफको आग्रह



बेइजिङ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रमुख क्रिस्टालिना जर्जिएभाले सुस्त अर्थतन्त्रलाई बढावा दिन बजार समर्थक सुधारका विस्तृत प्याकेज लागु गर्न चीनलाई आह्वान गरेका छन् ।

‘उच्च दरबाट उच्च गुणस्तर वृद्धिमा रूपान्तरण हुनु नै अर्थतन्त्र वृद्धिका लागि उचित बाटो पहिल्याउनु हो र चीन त्यसो गर्न कटिबद्ध छ’, बेइजिङमा आइतबार आयोजित चीन डेभलपमेन्ट फोरममा आइएमएफका प्रबन्ध निर्देशक जर्जिएभाले भने ।
बुल्गेरियाका अर्थशास्त्रीले यो रूपान्तरण सहज नभएको चेतावनी दिँदै बजार समर्थक सुधारको व्यापक प्याकेजका साथ चीन यथास्थितिभन्दा धेरै छिटो अगाडि बढ्न सक्ने कुरामा जोड दिए ।

जर्जिएभाले चीनमा सञ्चालित विदेशी व्यापार समूहहरूको लामो समयदेखिको मागअनुसार व्यावसायिक वातावरणलाई सुदृढ बनाउने र निजी तथा राज्य–स्वामित्व भएका उद्यमहरूबीच समान अवसर सुनिश्चित गर्न चीनलाई आग्रह गरे ।

प्रधानमन्त्री ली छियाङले आइतबारको फोरममा विश्वव्यापी आर्थिक सुधारका लागि चीनले उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्न प्रभावकारी कदम चाल्ने बताए ।

चीनको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर वर्षौँदेखि तल झर्दै आएको छ । बेइजिङले यस महिनादेखि करिब पाँच प्रतिशतको वार्षिक लक्ष्य राखेको छ । यो देशलाई छिटो समृद्धितर्फ लैजानका लागि आवश्यक वृद्धि दरभन्दा उल्लेखनीयरूपमा कम हो ।

प्रतिक्रिया दिनुहोस्