Logo
Logo

तस्करीमा डिआइजीको मौनता



काठमाडौं । मनमा नेपाली कांग्रेसको मन्त्र जपे पनि मधेश प्रदेशको प्रमुख हुनेक्रममा प्रचण्डपुत्री गंगा दाहालको शरणमा पुगेका डिआइजी यज्ञविनोद पोखरेलले तराईका जिल्लामा हुने तस्करीमा मौनता साँधेका छन् । मधेश प्रदेशको कमाण्ड गरेको करिब एक महिना पुगिसक्दा पनि उनले सबै जिल्लाका प्रमुखलाई भेटेर निर्देशन दिन भ्याइसकेका छन् ।

उनी आफै पनि रौतहट जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर राजधानी आएका थिए । त्यसपछि मधेश नपुगी एक पटक डिआइजीको रुपमा प्रदेश कमाण्ड गर्न गएका पोखरेललाई मधेशका सबै नाकाहरू जानकारी रहेकाले तस्करीबारे उनी मौन बसेका हुन् । निकै रस्साकस्सीमा मधेश प्रदेश पुगेका डिआइजी पोखरेललाई प्रहरी प्रधान कार्यालयले पनि नजिकबाट नियालिरहेको छ ।

सिरहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाहीमा यतिबेला प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको विषयमा प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका डीआईजी र सिरहाका एसपीलाई यथार्थ जानकारी गराउन निर्देशन दिएको भएपनि डिआइजी पोखरेल मौन रहेका छन् । पर्सामा कुमोध ढुंगेलले रातीको समयमा आफै गस्तीमा निस्कन थालेपछि डिआइजी पोखरेलले पर्सातिर पर्खेर पनि हेरका छैनन । अन्य जिल्लामा भने उनको ध्यान केन्द्रित भैरहेको स्रोतले जनाएको छ ।

सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको विषयले प्रहरी प्रधान कार्यालयमा चर्चा मात्र पाएको होइन, ठाडो उजुरीसमेत परेको थियो । सो विषयमा प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका डीआईजी र सिराहाका एसपीलाई यथार्थ जानकारी मागेको थियो । खासगरी सिरहाको गोलबजारस्थित मदिरा उत्पादक कम्पनी शारदा डिस्टिलरीले एउटै स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको भेटिएको थियो ।

यस्तो अवैध मदिरा सीमावर्ती क्षेत्रमा भण्डारण गर्ने र त्यसपछि भारत तस्करी गर्ने गरिएको पाइएको हो । सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको विषयमा डिआइजी पोखरेल किन मौन भन्ने प्रश्न प्रहरी प्रधान कार्यालयले गरेको छ । अवैध मदिरा भएकाले रातिको समयमा मात्रै उद्योगबाट मदिराको ट्रक निस्कने गरेको थियो ।

सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्य बस्ने सिरहास्थित रहेको क्वाटरअगाडि हुँदै तस्करी हुने गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ । सीमावर्ती बजार सिरहा नगरपालिका १५, माडरस्थित आशिष जनरल स्टोरमा र त्यस गोदाममा राखेर तस्करी गर्ने गरिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार मदिराका बोतलमा अधिकांश टुक्रा पारेर राजस्वको स्टिकर टाँस गरिएको छ । सरकारी संयन्त्रकै मिलेमतोमा उद्योगले दैनिक लाखौं राजस्व छली र मदिरा भारत तस्करी गरिरहेको विषयमा प्रहरी प्रशासनको मिलेमतोमै हो कि भन्ने शंकालाई बल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्