Logo
Logo

धनुषाका सुरेन्द्र सर्वरिया न्यूजिल्याण्डमा अस्ताए



काठमाडौं । न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी मृतयु भएको हो ।

उनको शव अहिले अस्पातलमा रहेको र नेपाल पठाउनेबारे आवश्यक तयारी भइरहेको एनआएएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए ।

एनआरएनए न्यूजिल्याण्डले उनको शव नेपाल पठाउन १८ हजार डलर लाग्ने जनाएको छ । त्यसका लागि रकम अभाव भएकोले सहयोगको अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्