Logo
Logo

कांग्रेसको केन्द्रीय सहकारी विभागमा १० सदस्य मनोनित



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सहकारी विभागमा १० जना सदस्य मनोनित गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागमा शुक्रबार १० जना सदस्य थपेका हुन् ।

विभागको सदस्य मनोनयन हुनेमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल,शम्भु घिमिरे, नवराज न्यौपाने र कृष्ण खनाल रहेको छ । गत मंसिर १ मा देउवाले कँडेललाई विभाग प्रमुख बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्