Logo
Logo

आज सुन प्रतितोला १ लाख ३० हजार पुग्यो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला २ हजार १०० रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्