Logo
Logo

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा शपथग्रहण



काठमाडौं । लुम्बिनी विकास बैंक सञ्चालक समितिद्वारा २०८० साल फागुन ३० गते नियुक्त भएका स्वतन्त्र सञ्चालक जयदेव श्रेष्ठलाई संस्थाका अध्यक्ष चिन्तामणि भट्टराईले शपथग्रहण गराएका छन् ।

स्वतन्त्र सञ्चालक श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुन संकायमा स्नातक, एमपिए र एमबिए उपाधि हासिल गरेका छन् । उनीसँग सरकारी निकायको अधिकृतदेखि सहसचिवसम्मको उच्च पदमा रही ३७ वर्षभन्दा बढी सेवा गरेको अनुभव छ ।

साथै उनले ऋण असुली न्यायाधीकरणमा लेखा सदस्यको जिम्मेवारीसमेत सफलता पूर्वक निर्वाह गरेका थिए । भट्टराईको अनुभवबाट बैंकले थप उन्नति, प्रगति गर्नेछ भन्ने विश्वास लिइएको छ । शपथग्रहणपश्चात बैंकका सञ्चालक तथा व्यवस्थापनबाट स्वागत गरिएको थियो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खातामा उच्चतम ब्याजसमेत प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्