Logo
Logo

बिवाइडीको न्यु इनर्जी भेहिकल उत्पादन ७० लाख पुग्यो



काठमाडौं । न्यु इनर्जी भेहिकल र पावर ब्याट्री उत्पादक चिनियाँ कम्पनी बिवाइडी ७० लाख न्यु इनर्जी भेहिकल, डेन्जा एन–७ सार्वजनिक गरी लक्ष्य हासिल गर्ने पहिलो कम्पनी बनेको छ । चीनकाे जिनानमा रहेको फ्याक्ट्रीमा उत्पादित डेन्जा एन–७ सार्वजनिक गरेर बिवाइडीले ब्रान्डका लागि सो ऐतिहासिक उपलब्धि हासिल गरेको समाचारमा उल्लेख छ ।

समाचारमा जनाइएअनुसार सन् २००३ मा अटोमोटिभ उद्योगमा प्रवेश गरेको बिवाइडीले पहिलो न्यु इनर्जी भेहिकल २००८ मा बिक्री गरेको थियो । बिवाइडीले सन् २०२१ को मे महिनामा १० लाख सवारीसाधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीनगुणा पु¥याएको दाबी गरेको थियो । त्यसपछिको नौ महिनामा ५० लाख र फेरि सात महिनामै ७० लाख उत्पादन पु¥याउन सफल भएको कम्पनीले जनाएको छ ।

सन् २०२३ मा बिवाइडीको वार्षिक बिक्री ३० लाख २० हजार युनिटभन्दा बढी पुगेर न्यु इनर्जी भेहिकलको बजारमा ग्लोबल लिडर नै बन्न सफल भएको कम्पनीको भनाइ छ ।

यस्तै, यही वर्ष अन्तर्राष्ट्रिय बजारमा समेत दुई लाख ४० हजार युनिटभन्दा बढी कार निर्यात गरी बिवाइडी न्यु इनर्जी भेहिकलअन्तर्गत टप चाइनिज निर्यातकर्ता कम्पनी बनेको थियो । एक वर्षमै यो संख्या तीन सय ३७ प्रतिशतले बढेको बताइएको छ । हाल विश्वका ६४ देश र क्षेत्रमा बिवाइडीका न्यु इनर्जी प्यासेन्जर गाडी बिक्री भइरहेको कम्पनीले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्