Logo
Logo

सिद्धार्थ बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता



काठमाडौं । सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसन (आइएफसी) बीच जोखिम व्यवस्थापन, लैंगिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि बैंक र आइएफसीबीच बिहीबार सम्झौता भएको छ ।

बैंकले ‘डिजिटल फर्स्ट’ अभ्यास अपनाइ सुशासन पक्षहरुमा केन्द्रित हँुदै दिगो विकासलाई सधैँ प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरु वातावरणमैत्री एवं समाज केन्द्रित बनाउँदै आएको जानाएको छ ।

उक्त सम्झौताले उल्लेखित क्षेत्रहरुमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तराष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सवल बनाई आफ्ना लक्ष्यहरु हासिल गर्न थप टेवा पुग्ने विश्वास लिएको उल्लेख गरिएको छ ।

आइएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले आइएफसीद्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा ‘बेस्ट अपरेसन बैंक इन साउथ एसिया २०२१’ अवार्डबाट पनि सम्मानित भएको थियो ।

त्यसैगरी केही समयअघि मात्र पनि सिद्धार्थ बैंक र आइएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरुको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भइसकेको छ । जसअन्तर्गतले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्