Logo
Logo

गुम्बामै होटेल चलाउन थालिएपछि लुम्बिनीका व्यवसायी आन्दोलित



भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनीका होटेल व्यवसायीहरू लुम्बिनी विकास कोषअगाडि धर्नामा उत्रिएका छन् । लुम्बिनीपरिसरभित्र खुलेका गुम्बा तथा बिहारहरूले अनधिकृत रुपमा होटेल व्यवसाय सञ्चालन गरेपछि त्यसको विरोधमा उनीहरू आन्दोलित भएका हुन् ।

लुम्बिनीको बिहार क्षेत्रमा गुम्बा, बिहार, ध्यानकेन्द्र सञ्चालन गर्नुपर्नेमा विभिन्न देशले गुम्बाको नाममा होटेलकै संरचना बनाएर व्यवसाय गर्न थालेका छन् । त्यसैले बाध्य भएर धर्ना बस्नुपरेको लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

लुम्बिनी विकास गुरुयोजनाअनुसार विभिन्न देश तथा संस्थालाई गुम्बा बनाउन एक–एकवटा प्लट दिने गरी ४२ वटा प्लट लुम्बिनी विकास कोषले बिहार निर्देशिका बनाएर बाँडेको थिए । तर, चीन, थाइल्यान्ड, कम्बोडिया, कोरियालगायत देशले बनाएका गुम्बाहरूले होटेल सञ्चालन गरिरहेको अध्यक्ष ज्ञवालीले बताए । गुम्बा र बिहारले पर्यटक राख्न थालेपछि बाहिरका होटेलहरु संकटमा परेको व्यवसायीको गुनासो छ ।

निर्माण भइसकेका गुम्बाले वर्षौँदेखि होटेल सञ्चालन गरिरहेको संघका महासचिव पुरुषोत्तम अर्यालले बातए । उनले भने, ‘अहिले मलेसियाले बनाइरहेको गुम्बामा पाँचतारे होटेलमा भन्दा बढी कोठाहरू रहेका छन् । यसरी गुम्बाको नाममा होटेलै सञ्चालन गर्नु भएन ।’ व्यवसायीका अनुसार लुम्बिनीका गुम्बा र बिहारले सुविधा हेरी न्यूनतम पाँच सयदेखि दुई हजार रुपैयाँसम्म पर्यटक राख्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्