Logo
Logo

कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य थपिए



काठमाडौं । नेपाली कांग्रेसले आदिवासी जनजाति विभागमा १० सदस्य थप गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले दिलमान पाख्रिन नेतृत्वको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरूमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) छन् । यसैगरी सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप) रहेका छन् ।

देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सदस्यहरू मनोनीत गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्