Logo
Logo

विश्वव्यापी पैसा सप्ताहमा नमस्ते पेको युवा लक्षित कार्यक्रम 



काठमाडौं । नमस्ते पेले विश्वव्यापी पैसा सप्ताहको अवसरमा युवाहरूलाई शिक्षित, सचेत र सशक्तीकरण गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । कार्यक्रम चैत्र ५ गते देखि ११ गते सम्म सञ्चालन भएको थियो । नमस्ते पेद्वारा सामाजिक सञ्जालहरू र एप सूचनाहरू मार्फत, नमस्ते पेका प्रयोगकर्ताहरू र फलोवर्सलाई वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी गराइएको थियो ।

सप्ताहको अवसरमा नमस्ते पेले नेपालमा वित्तीय समावेशीकरणलाई कसरी सहयोग गर्छ भन्ने बारे भिडियो तयार गरी युट्युब च्यानलमा सार्वजनिक गरिएको थियो भने विभिन्न शैक्षिक संस्थाहरूमा पुगेर वित्तीय साक्षरता र वित्तीय समावेशीकरण सम्बन्धी कक्षाहरू आयोजना गरेको थियो । विभिन्न स्थानमा गरिएको कार्यक्रममा युवाहरूले वित्तीय साक्षरता, बजेट, भविष्यको लागि बचतको मूल्य र अन्य सम्बन्धित विषयहरु सिक्ने मौका पाएका थिए । 

नमस्ते पेले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका, नभएका सबै उपभोत्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने यस वालेट सेवाको उद्देश्य छ । 

स्टार ५०० ह्याज डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवा समेत लिन सक्ने कम्पनीले जनाएको छ । नमस्ते पेका रिजार्ड, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता अफलाइन सेवा उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले युएसएसडी (अफलाइर्न) सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्