Logo
Logo

सांसद गुरुङको निलम्बन फुकुवा



काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई लगाइएको निलम्बन फुकुवा भएको छ ।  गुरुङले निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका थिए । सांसद गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । शुक्रवार सर्वोच्च अदालतले गुरुङलाई लगाइएको निलम्बन बदर गर्ने निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरूद्ध २०७५ माघ २१ गते उनीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यति बेला उक्त मुद्दा विचाराधीन रहेको भन्दै संसद् सचिवालयले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ) बमोजिम अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन रहने कानुनी व्यवस्था रहेको भन्दै निलम्बन गरेको थियो ।

न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले शुक्रवार गुरुङलाई निलम्बन गर्ने संघीय संसद् सचिवालयको सूचना बदर गरेको हो । गुरुङ मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । गुरुङलाई २०७९ पुस १२ गते निलम्बन गरेको थियो । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्