Logo
Logo

अपडेट : त्रिशूलीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु



धादिङ । चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सी त्रिशूली नदीमा कस्दा पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएका पाँचै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो । ट्याक्सीमा सवार पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् ।

ट्याक्सीमा ६ जना सवार रहेको हुनसक्ने जानकारी आएपनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ । अहिले पनि खोजी जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्