Logo
Logo

पोखरामा दुर्घटना भएको बसको तस्बिर भाइरल



कास्की । पोखराको लेखनाथस्थित अर्चलेमा बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । लेखनाथबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा शनिबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले बताए ।

दुर्घटना भएको बसको तस्वीर केही घण्टा नवित्दै सामाजिक सञ्जालमा भाइरल भएको छ । दुर्घटना भएको बस सडकमा ठाडै उभिएको छ । त्यही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दुर्घटनापछि बस कसरी ठाडै उभियो भनेर सामाजिक सञ्जालमा कमेन्ट आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्