Logo
Logo

रिटर्नी एशाेसियशन मकवानपुरमा रामकृष्ण भट्ट अध्यक्ष


819
Shares

मकवानपुर । नेपाल रिटर्नी एसोसियसन समाजवादी मकवानपुरको प्रथम भेलाबाट रामकृष्ण भट्टको अध्यक्षतामा १९ सदस्यीय रिटर्नी एसोसियसन मकवानपुर गठन गरिएको छ ।

उपाध्यक्ष महेन्द्रराज खड्का, सचिव अमीर लामा, सहसचिव मणिराम बल, कोषाध्यक्ष किरण राई लगायत रहेका छन् । नेपाल रिटर्नी एशोसिएन केन्द्रीय अध्यक्ष प्रवीण पौडेलको प्रमुख आतिथ्यता तथा नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा भेला भएको हो ।

भेलामा पार्टी पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल, सचिवालय सदस्य किशोर बर्तौला, मधु अधिकारी, पार्टी नगर कमिटीका सचिव सफल अधिकारी लगायत पार्टीका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्