Logo
Logo

टी-२० सिरिज : नेपाल ‘ए’ले आज अन्तिम खेल आयरल्यान्डसँग खेल्दै



काठमाडौं । टी–२० सिरिज अभ्यास खेल अन्तर्गत आज नेपाल ‘ए’ले अन्तिम खेल आयरल्यान्ड ‘ए’ सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपाल मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो ।

यस्तै, आयरल्यान्ड ‘ए’का पिटर मुरले पहिलो खेलमा ४९ र दोस्रो खेलमा ६५ रन बनाएका थिए । कप्तान निल रकले पहिलो खेलमा ३८ र दोस्रोमा ७१ रन बनाएका थिए । नेपालले यी दुई खेलाडीको विकेट समयमै लिन सक्नुपर्ने बाध्यता छ ।

बलिङमा नेपालले दुवै खेलमा २२० माथि रन खर्चेको छ । त्यसैले आजको खेलमा बलरले राम्रो बलिङ गर्नुपर्ने हुन्छ ।
त्यसपछि त्रिकोणात्कम एक दिवसीय सिरिज हुनेछ । पहिलो खेलमा बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ । नेपाल ए ले टी–२० र एक दिवसीयलाई फरक–फरक टोली घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्