Logo
Logo

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको चुनावमा घात प्रतिघात



काठमाडौं । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको चुनावी परिणाम आएको १ साता बितिसक्दा पनि त्यसको तरंग भने जिल्लाको राजनीतिमा अद्यापि परिरहेको छ । संघको अध्यक्षका लागि उम्मेदवारी दिएका तीनैजना नेपाली कांग्रेसकै निकट ब्यवसायी थिए । अध्यक्षमा निर्वाचित भएका बुद्धराज बस्नेत, उपबिजेता सुमन खत्री र मैदान नछाडे पनि मत जति बस्नेतको पक्षमा पार्न भूमिका खेलेका शम्भु तिमल्सिना कांग्रेसको राजनीतिमै छन् ।

अध्यक्षमा निर्वाचित भएका बुद्धराज बस्नेत पछिल्लो समय डा. प्रकाशशरण महत महत र वर्तमान अर्थमन्त्री बर्षमान पुनलाई प्रयोग गरी नवधनाढ्यको बाटोमा अगाडि बढेका ब्यापारीका रुपमा चिनिन्छन् । अध्यक्षमा पराजीत भएका सुमन खत्री रक्तचन्दन तस्करमिा बदनामी कमाएका ब्यापारी हु्न् । अध्यक्षका तेस्रा प्रत्यासी शम्भु तिमल्सिना उद्योग बाणिज्य संघमा बसेर आर्थिक उन्नतिको बाटोमा लागेका ब्यक्ति हुन् । उनको ब्यवसाय केही छैन । कांग्रेसको बाह्रबिसे नगरपालिकाकोे राजनीति गर्ने उनी उद्योग बाणिज्य संघ भजाएर आर्थिक उन्नति गर्र्नेमा पर्दछन् ।

पूर्वअध्यक्ष राजकुमार बस्नेत(होमबहादुर)ले बुद्धराजलाई जिताउन प्रतिष्ठाको बिषय बनाएर लागे । राजकुमारको क्षमादेवी कन्ष्ट्रक्सनले संसद भवनको इन्टेरियर, भरतपुर विमानस्थल, भैरहवा विमानस्थल, तमोर करिडोर लगायतका अरबौंका ठेक्का लिएको छ । बुद्धराजलाई प्रशासनिक र राजनीतिक सपोर्ट प्राप्त हुने सपना देखेर राजकुमारले उनलाई जिताउने बिषयलाई जीवन मरणको सवाल बनाए ।

उता, अध्यक्षमा भिडेका रक्तचन्दन ब्यापारी खत्रीले बरिष्ठ उपाध्यक्षमा सूर्य कार्कीलाई लिन नसक्नु पनि उनको हारको कारण मानिएको छ । खत्रीले उमेश प्रधानलाई बरिष्ठ उपाध्यक्षमा प्यालनमा राखे । तर प्रधानले अन्तिममा खत्रीको मत मात्र लिए, सहयोग बुद्धराजलाई गरे ।

अध्यक्षका अर्का प्रत्यासी शम्भु तिमल्सिनालाई कांग्रेस नेतृत्वले बाह्रबिसे नगरको मेयरको टिकट दिने आश्वासन दिएर मत माग्नबाटै रोक्यो । उनले मैदानमात्र छाडेनन्, आफ्ना भोट बैंकहरुलाई बुद्धराजलाई सहयोग गर्न लगाएको आरोप छ । कतिपयले त बुद्धराज र शम्भुबीच आर्थिक लेनदेन भएको आशंका पनि गरेका छन् ।

अध्यक्षका प्रत्यासी खत्री उद्योग बाणिज्य संघको बैठकमा निरन्तर सामेल नभई रक्तचन्दन चलेका समयमा दिल्लीमा बसेर ब्यापारमा लागे । एकैपटक अध्यक्षका रुपमा उनलाई ब्यवसायीले पत्याउन सकेनन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको यो चुनाव पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत भर्सेज संघका पूर्वअध्यक्ष बिष्णुबहादुर खत्रीका बीच भएको देखियो । जुन लडाइमा खत्री हारेका छन् ।

सत्ता समीकरण परिवर्तनपछि अध्यक्ष चुनाव जितेका बुद्धराज बस्नेत कांग्रेसमै टिकिरहन्छन् कि मैदान छाडेर माओवादी निकट बन्छन्, त्यो भने समयक्रमले बताउला । उनी २०७३ कांग्रेसबाट माओवादीमा प्रवेश गरेका थिए । २०७९ मा पनि कांग्रेसमै फर्किएका थिए ।

उपबिजेता बनेका खत्री पुनः रक्तचन्दन लगायतको तस्करीका निम्ति नेपाल नै छाडेर बिदेशिन्छन् कि ब्यापारीको एजेन्डामा आफूलाई उच्याउँछन् त्यो भने हेर्न बाँकी रहेको एक ब्यवसायीले बताए ।

बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका उमेश प्रधानलाई तस्करी गर्न पोजिसन चाहिएको थियो । त्यो पोजिसन प्राप्त गर्न उनले तीनतिरै खेलेर चुनाव जितेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रसुवा र तातोपानी नाकाबाटबाट धेरै चर्चामा नआइकन तस्करी गर्ने प्रधानले भन्सार, राजस्व र अर्थमन्त्रालयका कर्मचारीलाई पोजिसन देखाउनका लागि पनि चुनावमा तीनतिरै सेटिङ मिलाएर जित हात पारेका छन् । प्रधानलाई तीनतिरै सेटिङ मिलाएर बुद्धराजको टीममै जिताउन सुवास तिमिल्सनाको पनि भूमिका रहेको एक ब्यवसायीले बताए ।

प्रतिक्रिया दिनुहोस्