Logo
Logo

बीवाईडी नेपालीको पहिलो रोजाइ



काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा गत साता सम्मानित भएको छ । ७० लाख ईभी गाडी उत्पादन गरेर विश्व रेकर्ड कायम गरेको बीवाईडीले नेपालमा पनि उपभोक्ताको मन जित्न सफल भएको छ ।

काठमाडौंलगायत प्रमुख शहरहरूमा बीवाईडीका २ हजारभन्दा बढी सवारी साधन गुडिरहेका छन् । ई–सिक्स, अटो–थ्री र डल्फिन इभीले राम्रो बजार पाएको छ । बीवाईडी नेपालमा मात्रै नभएर विश्वभर प्रख्यात ब्राण्ड भएकाले नेपाली उपभोक्ताको पहिलो रोजाइमा परेको हो ।

इलेक्ट्रिक भेइकल भन्नासाथ ब्याट्री प्रमुख कारण भएकाले अन्य सवारी साधनमा प्रयोग भएको ब्याट्रीभन्दा बीवाईडीको ईभीमा जडान गरिएको ‘ब्लेड ब्याट्री’ भरपर्दो र विश्वसनीय रहेको कम्पनीले जनाएको छ ।

साइमेक्स इंकका अनुसार अहिलेसम्म बिक्री भएको बीवाईडी ईभीमा कुनै पनि समस्या देखिएको छैन । त्यसैले पनि ग्राहकहरू बीवाईडीको ब्राण्डप्रति बढी आकर्षित भएका छन् ।

साइमेक्स इंकले ‘एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड’ र ‘सेल्स कन्ट्रिब्युसन अवार्ड’ गरी दुई महत्वपूर्ण पुृरस्कार पाउन सफल भएको छ । यो सँगसँगै साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राप्त उल्लेखनीय उपलब्धिबाहेक साइमेक्स इंकले चीनको सियानमा ‘नेपाल एनुअल डिलर्स मिट २०२४’ समेत आयोजना गरेको छ । नेपालका बीवाईडी डिलरहरुको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको काम गरेको छ । नेपालबाट सहभागी १० जना डिलरहरू उक्त इभेन्टबाट उत्साही बनेका छन् । डिलरहरूको सहभागिताले उनीहरूको मनोबल थप उँचो भएको छ ।

सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ । हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम स्थापना गरिएका छन् भने, थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन् ।

साइमेक्स इंकका अनुसार अहिलेसम्म बिक्री भएको बीवाईडी ईभीमा कुनै पनि समस्या देखिएको छैन । त्यसैले पनि ग्राहकहरू बीवाईडीको ब्राण्डप्रति बढी आकर्षित भएका छन् ।

साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जरको स्थापना गरेको छ । थप चार्जर विस्तारको क्रममा रहेको छ । यसले कम्पनीको दिगो मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्दछ ।

‘नेपाली उपभोक्ताको रोजाइका कारण हामी बीवाईडीबाट सम्मानित भएका छौँ र यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौँ । यो सफलता सिंगो नेपालको प्रतिष्ठासँग जोडिएको छ । उपभोक्ताहरूको वातावरणप्रतिको चेतनाका कारण नेपालमा ईभी प्रयोगकर्ता बढेका छन्’, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै ग्राहक र साझेदारहरूको अटुट विश्वासको प्रमाण हो । हामी नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवद्र्धन गर्ने र हाम्रा सबै सरोकारवालाहरुमा अनुपम मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा सदैव अडिग छौँ ।’

प्रतिक्रिया दिनुहोस्