Logo
Logo

सुनको मूल्य प्रतितोला चार सय घट्यो


1.1k
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।

सोमबार तोलामा प्रतितोला एक लाख ३१ हजार ६ सयमा कारोबार भएको सुन आजका एक लाख ३१ हजार दुई सयमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन सोमबार तोलामा एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आज भने प्रतितोला एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंद्धले जनाएको छ । यसअघि हिजो सोमबार चाँदी प्रतितोला एक हजार पाँच सय ३५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्