Logo
Logo

गठबन्धन फेरिएसँगै सशस्त्रमा भूकम्प


3.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा शक्तिको आँडमा सधै नेतृत्वमाथि दबाब सिर्जना गर्नै एक अधिकृतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको काँध फेरेसँगै अप्ठेरोमा परेका छन् । दक्षता र क्षमता भन्दा शक्तिको आडमा लाभ लिदै आएका ती अधिकृतलाई सशस्त्र प्रहरीभित्रै अन्य सहकर्मीहरुले समेत मन नपराएको अवस्थामा प्रचण्डले गठबन्धनको काँध परिवर्तन गर्दा उनलाई अप्ठेरोमा मात्रै परेको छैन, बढुवामा समेत घाटा लागेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाई भएका नाताले सधै अवसर लिइरहेका एसएसपी दीपेन्द्र कुवँरलाई घाटा लागेको छ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस आवेदन दिएका कुँवरलाई सत्ता गठबन्धनको झट्का लाग्दा दीपक अधिकारीले अवसर पाएका छन् ।

बढुवा समितिको सचिवालयले एसएसपी दीपक अधिकारीलाई डिआइजी बढुवामा सिफारिस गरेसँगै उनले सशस्त्र प्रहरी मूख्यालयको प्रबन्ध शाखाबाट विदा लिने तयारी लागेको स्रोतले जनाएको छ ।

‘उनले प्रबन्ध शखाको जिम्मेवारी लिएका थिए, त्यसक्रममा नारायणकाकाजी श्रेष्ठको सचिवालयमा कार्यरत एक जना व्यक्तिको पनि खुवै चाकडी गरेका थिए, पत्रकार मिलाउन भन्दै सशस्त्रबाट प्रकासित हुने सबै प्रकारका विज्ञापन समेत ती व्यक्तिलाई दिएर चाकडी गरेका थिए’, सशस्त्र प्रहरी मूख्यालय स्रोतले भन्यो ।

सशस्त्र प्रहरीले लिने स्टाफ कलेज प्रवेश परीक्षामा तीन पटक असफल भएका एसएसपी कुँवर शक्तिकै आडमा नेपाली नेपाली सेनाले सशस्त्रलाई उपलब्ध गराएको स्टाफ कलेजबाट तालिम लिएका थिए । त्यही आधारमा एसएसपी बढुवा भएका उनी देउवाकै दबाबमा डिआइजी बन्ने कोसिसमा थिए । ‘अचानक गठबन्धन फेरियो, उनको पनि शक्ति कमजोर भयो ।’

एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ । सशस्त्र प्रहरीमा एक जना डिआइजीको दरबन्दी रिक्त थियो ।

बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले जनाएको छ । एसएसपी अधिकारी प्रधानमन्त्रीनिकट रहेका छन् ।

नेपाली कांग्रेस निकट रहेका कृष्ण ढकालले पनि बढुवा लागि कोसिस गरेका थिए । तर उनलाई छाडेर प्रधानमन्त्रीले अधिकारीलाई डिआइजी सिफारिस गर्न दबाब दिएको स्रोतको दावी छ । एक महिना अघि नै बढुवाका लागि आवेदन मागिएको भएपनि ढिलो गरी बढुवा सिफारिस गरिएको हो । अधिकारी हाल पोखरा लामपाटन तालिमकेन्द्रमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्