Logo
Logo

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि राजीनामा दिने



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आज विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले आज ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वास मत लिने जानकारी दिए ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बताए ।

‘संसदीय दलमा विश्वासको मत लिने छलफल भएको छ’ उनले भने, ‘नेतृत्वहरुकोबीचमा बसाइँ भइरहेको छ । नेतृत्वले के सहमति गर्नुहुन्छ । संसदीय दललाई जानकारी गराउनु हुन्छ । त्यहीँ अनुसार अगाडि बढ्छौ ।’

नेकपा एमालेले केन्द्रमा भएको निर्णय अनुसार कर्णालीमा पनि लागू गर्नुपर्ने बताउँदै आएको छ । सोही अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि राजीनामा दिने बताइएको छ । मोआवादी स्रोतका अनु्सार पहिले विश्वासको मत लिने र त्यसपछि राजीनामा दिने पार्टीमा निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्