Logo
Logo

कांग्रेसले इलाम-२ मा खड्कालाई उम्मेदवार बनाउने



काठमाडौं । नेपाली कांग्रेसले इलाम–२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ । बिहीबार देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो ।

आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काको उम्मेदवारीबारे औपचारिक निर्णय गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले खड्कालाई उम्मेदवार बनाउन अडान लिँदै आएका थिए । खड्का नेपाली कांग्रेस इलाम जिल्ला सभापति हुन् ।

पार्टीका महामन्त्री गगन थापा र डा. शेखर कोइरालाले भने भेषराज आचार्यलाई उम्मेदवार बनाउने पक्षमा थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्