Logo
Logo

बालेनविरुद्ध स्टाटस लेख्ने व्यक्ति पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा महानगरकै एक पूर्वकर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेल छन् । मेयर बालेनले एक अर्ब रूपैयाँ खाएको आरोप लगाएपछि पौडेललाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

पौडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको प्रहरीले जनाएको छ । मेयर शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको आरोप पौडेलले लगाएका छन् ।

पौडेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका थिए, ‘मेयर बालेनले नियुक्त गरेका १६६ जना र निजहरूले २ वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ यो नगरवासीले तिरेको कर हो, उनको नियत नै रहेछ, उटपट्याङ गरी रहौँ, आखिर म त लोकप्रिय हुन्छु ? अरू ३ करोड नेपालीलाई सामाजिक सञ्जालबाट मूर्ख बनाउँछु ।’

झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै शाहको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । विगत २१ वर्षदेखि महानगरपालिकाको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका पौडेललाई महानगरले २०८० पुस १६ गते निलम्बन गरेका थिए ।

महानगरले निलम्बन गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए । त्यसपछि पौडेलले सामाजिक सञ्जालमा मेयरविरूद्ध स्टाटस लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्