Logo
Logo

सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा


2k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् । प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि राजीनामा दिएका हुन् ।

आज ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची तय भएको थियो । मुख्यमन्त्री शाहकै आग्रहमा दिउँसो ३ बजे आह्वान गरिएको बैठक बेलुका ५ बजे सारिएको थियो ।

साँझ ५ बजे पनि प्रदेश सभा बैठक बस्ने टुंगो नलागेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । काठमाडौंमा रहेका नागरिक उन्मुक्तिका दुई र एकजना स्वतन्त्र सांसद नफर्केपछि उनले विश्वासको मत पाउने अवस्थाको अन्त्य भएको हो ।

प्रतिक्रिया दिनुहोस्