Logo
Logo

भारतले बनाइदियाे खोटाङस्थित शारदा माविमा छात्रावास


315
Shares

काठमाडौं । भारतले नेपालको खोटाङमा उच्च प्रभाव सामुदायिक विकास आयोजना निर्माण गरेको छ । खोटाङको रवाबेसी गाउँपालिकास्थित श्री शारदा माविको विद्यालय तथा छात्रावासको भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख सानबहादुर राईले ३६.१० मिलियनको ‘नेपाल–भारत विकास सहयोग’ मा निर्मित छात्रावास बिहीवार संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रममा रावाबेसी गाउँपालिका खोटाङका अध्यक्ष फटिक कुमार श्रेष्ठ, र भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव सुमन शेखर, जनप्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदानमा २ तले विद्यालय भवन निर्माण, छात्रावास निर्माण र दुवै भवनका लागि फर्निचर खरिदका गरिएको थियो ।

आयोजनालाई जिल्ला समन्वय समिति खोटाङले कार्यान्वयनमा ल्याएको थियो । परियोजनालाई भारत सरकार र नेपाल सरकार बिचको सम्झौता अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा लिइएको थियो । यसअघि साना विकास परियोजनाहरू भनेर चिनिन्थ्यो ।

वि.स २००८ सालमा स्थापना भएको विद्यालयले कक्षा १ देखि १२ सम्मको शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयमा विद्यार्थीहरूको संख्या बढ्दै गएको छ । अध्यानरत मध्ये ५० प्रतिशत छात्राहरू छन् । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न उल्लेखनीय सफलता हासिल गरेको छ ।

२०५९ साल देखि भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५ सय ५० भन्दा बढी एचआईसीडीपीहरू लिएको छ  भने ४ सय ८८ परियोजनाहरू पूरा गरेको छ । कोशी प्रदेशका विभिन्न क्षेत्रमा मात्रै ८५ आयोजना छन् । खोटाङमा १ आयोजना छ । 

भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९ सय ७४ एम्बुलेन्स र २ सय ३४ वटा स्कूल बस उपहार दिएको छ । कोशी प्रदेशमा मात्रै १ सय ४१ एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहार दिइएको छ भने खोटाङ जिल्लामा ४ एम्बुलेन्स र १ स्कुल बस उपलब्ध छ ।

नजिकको छिमेकी भएकाले भारत र नेपालले व्यापक र बहु–क्षेत्रीय सहयोग आदानप्रदान गर्दै आएका छन् । एचआइसिडिपीको कार्यान्वयनले नेपालका जनताको उत्थानसहित नेपाल सरकारको प्रयासलाई बलियो बनाउन सहयोग गर्दै आएको छ । यस्तै प्राथमिकताका क्षेत्रहरू मध्ये नेपालको शिक्षा क्षेत्रमा पूर्वाधार विस्तार गर्न भारत सरकारको निरन्तर सहयोग छ ।

प्रतिक्रिया दिनुहोस्