Logo
Logo

एमाले सल्यानमा भिमबहादुरको प्यानलै विजयी


5.8k
Shares

काठमाडौं । नेकपा एमाले सल्यानको अधयक्षमा भिमबहादुर सेन निर्वाचित भएका छन् । प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित भएका हुन् । पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ ।

उपाध्यक्षमा १९३ मतका साथ ओज बहादुर बुढाथोकी विजयी भएका छन् । उनका प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७ मत ल्याएका छन् । सचिवमा १७३ मतका साथ पुष्पा बुढाथोकी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी दिपेन्द्रप्रकाश डिसीले १ सय ४३ मत पाए ।

उपसचिवमा गणेशमान सिंह १८० मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी गन्जमान बुढाले ११३ र महेश देवकोटाले १४ मत ल्याएका छन् । महिला उपसचिवमा सनशिलता वली डिसी निर्वाचित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्