Logo
Logo

डा. डीआर उपाध्यायले बनाए १५३ विश्व कीर्तिमान



काठमाडौं । विश्व कीर्तिमानी डा.डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पु¥याएका छन् ।

बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच २० विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उनका कीर्तिमानको संख्या १५३ पुगेको हो । यसअघि उनले गीतसंगीत तथा विविध विधामा १३३ कीर्तिमान कायम गरेका थिए ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले डा.उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।

साहित्यकार केदारनाथ खनालको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, साहित्यकार समिना खनाललगायतले डा.उपाध्यायलाई बधाई तथा शुभकामना दिँदै उनका कर्मलाई देशले नै गौरव गर्नुपर्ने बताएका थिए ।

आफूले नयाँ–नयाँ विषयवस्तुमा खोज अनुसन्धान र केही फरक गरौं भन्ने धारणाका साथ काम गर्दै जाँदा आफ्ना विश्व रेकर्डको संख्या १५३ पुगेको डा.उपाध्यायले बताए ।

सो अवसरमा एभरेष्ट वल्र्ड रेकर्डसका मधुरा श्रेष्ठले डा.उपाध्यायलाई १५३ वर्ल्ड रेकर्डको मेडल प्रदान गरेका थिए । प्रमुख अतिथि रक्षा मन्त्री उप्रेतीले डा.उपाध्यायलाई सम्मान पत्र पनि अर्पण गरेका थिए । कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई द विट्रिस रेकर्ड अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्