Logo
Logo

नयाँ वर्षकाे उपलक्ष्यमा सामसङ खरिदमा विशेष अफर


126
Shares

काठमाडौं । नयाँ वर्ष २०८१को उपलक्ष्यमा खुसी फैलाउने लक्ष्यका साथ सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाँडाै खुसी साधैलाई’ अफर ल्याएको छ ।

ग्राहकहरूले, आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशत सम्मको र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नु हुनेछ  । ग्राहकहरूले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको  खरिद गर्न सक्नेछन् । यो विशेष छुट अफर २०८१ ज्येष्ठ २ गते सम्म लागु हुनेछ ।

१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्ज मध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८ प्रतिशत सम्मको छुट दिएको छ । 

ग्राहकले आफ्नो नागरिकता पेस गरी ५५ इन्च वा त्यो भन्दा ठूलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्नेछन् । यस्तै इनस्टा फाइनान्स सेवा मार्फत ईएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन् भने ४३ इन्च वा सो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तीर्न १२ महिनाको अवधि पाउने छन् । ग्राहकहरूले आफ्ना नयाँ खरिदहरूबारे पनि पूर्ण रुपमा ढुक्क हुन सक्छन् किनभने सामसङले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी दिएको छ । 

कुनै पनि सामसङ टिभीको खरिदसँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउन सक्नेछन् । अझ छानिएका सामसङको ७५ इन्च भन्दा ठूलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् भने ए.यु.७७०० मोडलका ५५ इन्च र ६५ इन्च युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८÷१२८) मोबाइल फोनमा  रु. ५०००को छुट पाउनु सक्नेछन् ।

सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशत सम्मको छुट दिएको छ । आफ्नो घरमा नयाँ वाशिङ मेसिन वा फ्रिज अपग्रेड गर्ने वा घर ल्याउने योजनामा रहेका ग्राहकहरूका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा  क्यासब्याक पाउने र एक्सचेन्जको सुविधा उपलब्ध गराएको छ । 

सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआइटि मोटरमा २० वर्षको वारेन्टी पनि दिएको छ । सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्ने छन् । 

ग्राहकहरूले यो अफर एक्सचेन्ज पार्टनर अर्को स्टोर डटकम मार्फत अनलाइनमा लिन सक्ने छन् । योसँगै ग्राहकहरू अर्को स्टोर डटकम मार्फत ५५ इन्च र ६५ इन्च ए.यु.७७०० क्रिस्टल् टिभी अनलाइन एक्सचेन्ज गर्दा रु. ५५०० सम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको छ । हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपाल अधिराज्य भरि यो अफर ज्येष्ठ २, २०८१ सम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्