Logo
Logo

बढुवा भएका ८ एसपीलाई दर्ज्यानी चिह्न 



काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ८ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर र एआईजी टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

चैत २१ गते जनपदतर्फका ८ डीएसपी एसपीमा बढुवा भएका थिए । त्यस्तै प्राविधिक डीएसपीलाई पनि एसपीमा बढुवा गरिएको थियो । दज्र्यानी चिन्ह प्रदान गरेकाहको पदस्थापन भने हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्