काठमाडौं । काभ्रेको पनौती नगरपालिका–११ साविक कामीडाँडा च्यासिंखर्क वडा नम्बर–६ का हाजिरमान लोप्चनले छोरी छलिमाया लोप्चनलाई माइतीमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
हाजिरमान लोप्चनका अनुसार वर्षौँदेखि घर छाडेर सम्पर्कविहीन भएको र खोजतलास गर्दासमेत नभेटिएको तर गत महाशिवरात्रिका दिन मकवानपुरको चौघडास्थित पशुपतिनाथको मेलामा स्थानीय ज्ञानुमाया स्याङतानका श्रीमानले तीनजना बच्चासहित छलिमायालाई देखेको बताएका थिए । तर, त्यसपछि पनि उनी सम्पर्कमा नआएको हाजिरमानले बताए । उनले भने, ‘चौघडामा बच्चासहित देखिएको खबर सुनेपछि त्यस क्षेत्रमा खोज्न गयौँ । तर, कतै पत्तो लागेन ।’

‘मकवानपुरमा विवाह गरेर बसेको भएपनि एकपटक माइतीसँग सम्पर्क गर्न छोरी छलिमायालाई आग्रह गर्दछु’ हाजिरमानले भने, ‘वर्षौँदेखि सम्पर्कविहीन हुँदा घरमा चिन्ता लागेको छ । त्यसैले म यही मिडियाबाट अनुरोध गर्दछु– छोरी तिमी जेजस्तो कहाँ छौँ, एकपटक माइतीको सम्पर्कमा आउनु होला ।’
उनले छोरीलाई ९८१३३०१९०७ वा ९८४९४८१९४५ मा सम्पर्क गर्न वा माइती घरको ठेगानामा सम्पर्क राख्न अनुरोध गरेका छन् ।














